पर्सामा गाँजासहित ५ जना पक्राउ

पर्सामा गाँजासहित ५ जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुमा छिपहरमाई गाँउपालिका ४ का २२ वर्षीय चन्दनकुमार साह, २० वर्षीय अरबाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्।

जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा  तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। 

यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्। जीतपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो।

त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षीय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षीय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए। 

गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.