उम्मेदवार तय गर्न एमालेको सचिवालय बैठक जारी

शनिबार दिउँसो पार्टी कार्यालय च्यासलमा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सचिवालय बैठक बसेको हो।
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। शनिबार दिउँसो पार्टी कार्यालय च्यासलमा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सचिवालय बैठक बसेको हो।
निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि रिक्त रहेका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ। तनहुँ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका छन्। बारा- २ बाट निर्वाचित रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यससँगै ती दुवै ठाउँमा सांसद पद रिक्त भएका थिए।
चितवन - २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि उक्त ठाउँ पनि रिक्त भएको थियो। सचिवालयले एमालेतर्फका उम्मेदवार आज टुंग्याउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
