समृद्धिका लागि राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौं : महासचिव पोखरेल
देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्ने महासचिव पोखरेलको भनाई छ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन्। उनले राजनीतिक स्थायित्व भएमात्र विकास र समृद्धि हुने धारणा राखेका छन्।
देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्ने महासचिव पोखरेलको भनाई छ।
‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्न तनहुँ-१, चितवन-२ र बारा-२ मा सूर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुटौं।’
आगामी वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ। एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बारा–२ मा उम्मेदवार तोक्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ।