'समस्या समाधानको सट्टा मिटरब्याजी पीडकलाई उन्मुक्ति दिने खेल भयो'

'समस्या समाधानको सट्टा मिटरब्याजी पीडकलाई उन्मुक्ति दिने खेल भयो'
सुन्नुहोस्

काठमडौं : सांसद्हरूले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयनको माग गरेका छन् । सांसद्हरूले सरकारले विगतमा पनि मिटरब्याजीसँग सहमति गरेको तर कार्यान्वयन नगरेको भन्दै अहिलेको सहमति कार्यान्वयन गर्नुपर्ने जोड दिए ।

आइतबार संसद बैठकमा बोल्दै सांसद् ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताए । गैरेले भने,‘मिटर व्याजीबाट पीडित भएकामाथि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने खेल भएको छ । विशेष समय र शून्य समयमा उठेको प्रश्नको जवाफ सरकारले दिनुपर्छ ।’

यस्तै,सांसद् तेजुलाल चौधरीले मिटरब्याज पीडितको समस्या ज्यूकात्यू रहेको भन्दै समस्या हल गर्न सरकार संवेदनशिल बन्नुपर्ने बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.