नागरिकताविहीन ९१ वर्षीया अनितादेवी

नागरिकताविहीन ९१ वर्षीया अनितादेवी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

 डडेल्धुरा : डडेल्धुरामा ९१ वर्षीया ज्येष्ठ नागरिक महिला नागरिकताबाट वञ्चित छन्। जिल्ला सदरमुकामसँगै जोडिएको वडाकी दुवै आँखा नदेख्ने र कान पनि नसुन्ने अमरगढी नगरपालिका–३ मरकट्टेकी ९१ वर्षीया अनितादेवी बिष्ट नेपाली नागरिकताविहीन भएकी हुन्। आर्थिक अवस्था र विपन्नताका कारण नागरिकताबाट वञ्चित हुनुपरेको अनिता बताउँछिन्।

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र अपांगताको परिचयपत्र पनि बनेको छैन। सरकारी सेवा सुविधाबाट बञ्चित बनेकी छन्। उनका पतिको पाँच दशकअघि नै निधन भएको थियो। आर्थिक अवस्था कमजोर भएकै कारण छोरा रोजगारका लागि भारत पस्नु र घरमा अन्य जान्ने सुन्ने मानिस नहुँदा नगरिकता नपाएको उनको गुनासो रहेको छ। 

अनिताको घरमा एक नाति र चार नातनीसहित बुहारी छन्। छोरा वर्षौंदेखि भारतमा रोजगार गरिरहेका छन्। उनी सामान्य हिँडडुल गर्र्न पनि नाति नातिनीको साहारा लिन्छिन्। साहाराका रूपमा नाति नातिना छन्। उनीहरू पनि स्कुल जाने भएकाले बाहिरभित्र गर्न समस्या हुने उनी बताउँछिन्।

नेपाली नागरिकताको प्रमाणपत्र नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनु परेको गुनासो अनिताको छ ।  

नागरिकताका लागि पहल गर्न घरपरिवारका मानिससँग सल्लाह भए पनि प्रयास नहुँदा नागरिकता नपाएको वडा नं ३ का अध्यक्ष तीर्थबहादुर ऐरले बताए। अनिताको नागरिकताका लागि माइतीघरको प्रमाण खुल्ने कागजात सिफारिसका आधारमा नागरिकता दिन मिल्ने बताउँछन्। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि आवश्यक पर्ने कागजात भए चाँडै नागरिकता उपलब्ध गराउन सक्ने जनाएको छ। पतिको निधन भइसकेका कारण छोरा र परिवारले आवश्यक कागजात जुटाउन नसक्दा अनिता ९१ वर्षको उमेरमा पनि नागरिकता पाउन नसकेकी हुन्। भारतमा सामान्य रोजगार गरिरहेका एकमात्र छोरा यज्ञहादुर विष्ट पनि परिवारकै लालनपालनका लागि बिदेसिनुपर्ने बाध्यता छ। 

शनिबार मात्रै जापानमा कार्यरत समाजसेवी विनयप्रकाश मल्लले  सहयोगका लागि पठाएको १० हजार रुपैयाँ बुझ्न १६ वर्षीया नातिनि निर्मला विष्टको साहारामा सदरमुकाम पुगेकी हुन्। उनी भन्छिन्, ‘मर्ने बेला सरकारको मानो खाएर नेपाली नागरिक भएर मर्न चाहन्छु।’ १६ वर्षीया नातिनी निर्मला पनि बजैको धोको नागरिकता बनाउने रहेको बताउँछिन्। 

जापानमा कार्यरत तथा कम्पिनी सञ्चालक विनय प्रकाश मल्ल पनि साहाराविहीन तथा समस्या ग्रस्त मानिसलार्इृ बेलाबेलामा सहयोग गरी रहन्छन्। बिभिन्न रोगको उपचार गरिरहेका बिरामी, दुर्घटनाका घाइते र सामाजिक सुरक्षा भत्ताबाट बञ्जित स्थानीयलाई जापानमा कार्यरत कर्मचार,मल्ल किंग्स कम्पनी र अन्य शुभचिन्तकमार्फत ९० हजार रुपैयाँ संकलन गरी पठाएका थिए। उक्त रकम नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरेको हो। उक्त सहयोगग रकम बुझ्न आउँदा अनिता नागरिकताविहीन ज्येष्ठ नागरिक भएको खुल्न आएको हो।

उनले समाजसेवी मल्लजस्ता मनकारी युवाका कारण आपत विपतमा परेका नागरिकहरूले सहयोग प्राप्त गरिरहेको बताउँदै समाजसेवी मल्लजस्तै अन्य मनकारीलाई गहभरी आसुपारी आभार प्रकट गरेकी छन्।त्यसैगगरी मल्लले मोटरसाइकल दुर्घटनाबाट घाइते भएका गन्यापधुरा गाउँपालिका–३ का प्रहरी कर्मचारी हर्केश बिष्टको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.