लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्ति आवश्यक छ : पोख्रेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। पोख्रेलले लोककल्याणकारी राज्य स्थापना गर्न राष्ट्रिय शक्ति आवश्यक भएकाले एमालेले मात्र पूरा गर्न सक्ने बताएका हुन्।
‘स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय रुपमा नेपालको गौरवपूर्ण पहिचान कायम गर्न, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न आर्थिक र सामाजिक विकासलाई तिव्रता दिन र जीवन चक्रमा आधारित सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक छ ।’ महासचिव पोख्रेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरुले होइन, नेकपा(एमाले) मात्र त्यो आवश्यकता पुरा गर्न सक्दछ।’
उनले उपनिर्वाचनमा एमालेका सूर्यध्वजावाहक उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन समेत आग्रह गरे। एमालेले बारा-२ मा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, चितवन-२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ-१ मा पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
प्रतिक्रिया दिनुहोस !
