आपराधिक आरोपको सामना गर्ने पहिलो पूर्वराष्ट्रपति बने ट्रम्प

आपराधिक आरोपको सामना गर्ने पहिलो पूर्वराष्ट्रपति बने ट्रम्प
सुन्नुहोस्

अमेरिका : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्प आपराधिक आरोपको सामना गर्ने पहिलो पूर्वराष्ट्रपति भएका छन् । कानुनको पूर्णत: पालना हुने मुलुकका रुपमा चिनिएको अमेरिका यस घटना क्रमसँगै यहाँ कानुन सबैका लागि बराबर हो भन्ने थप प्रमाणित भएको छ । 

पूर्वराष्ट्रपति ट्रम्प,अश्लिल चलचित्रमा काम गर्ने एक महिलालाई रकम दिएको अनुसन्धानका लागि मंगलबार आत्मसमर्पण गरी न्यूयोर्क राज्यको सर्वोच्च अदालत पुगेका थिए । मंगलबारनै पूर्वराष्ट्रपति ट्रम्प विरुद्धको अभियोगपत्र अदालतमा खोलिएको छ । 

पूर्वराष्ट्रपति ट्रम्पलाई ३४ वटा अपराधको आरोप लगाइएको छ । मंगलबारको सुनुवाइमा उनले न्यूयोर्क राज्यको सर्वोच्च अदालतका न्यायाधीश जुआन एम मर्चन समक्ष आफू दोषी नभएको दावी गरेका थिए।

 
अश्लिल चलचित्रमा काम गर्ने एक महिलालाई रकम भुक्तानी भूमिकाको आरोपलगायत दर्जनौं आरोपको सामना गर्न उनी आत्मसमर्पण गरि अदालत पुगेका थिए । उनलाई यसअघि पक्राउ गर्न सक्नेसम्म अनुमान गरिँदै आएको थियो।

डोनाल्ड ट्रम्प मंगलबार आपराधिक मुद्दामा प्रतिवादीको रूपमा उपस्थित हुँदा उनी मौन थिए । ट्रम्प अदालत परिसरसम्म सहयोगीसहित दिउँसो एक बजेपछि पुगेका थिए । अदालतमा अभियोगमाथि सुनुवाइ अघि उनलाई प्रहरी हिरासतमा राखिएको थियो । 

पूर्वराष्ट्रपति ट्रम्प मंगलबार दिउँसो म्यानहाटन अदालतमा ३४ वटा आपराधिक आरोपमा दोषी नरहेको स्वीकार गरेपछि यसलाई अंग्रेजीमा 'नट गिल्टी' भनिन्छ। हाल उनी बस्दै आएको राज्य फ्लोरिडा पुगेका छन् । ट्रम्प व्यक्तिगत बोइङ ७५७ बेलुका ६ बजेर ४० मिनेटमा फ्लोरिडा पुगेका थिए ।

ट्रम्पले अभियोगको सामना गरेपछि समर्थकसँगको आफ्नो उत्कृष्ट दिन भएको प्रतिक्रिया दिएका छन् । उनले भने ,‘तपाईंलाई थाहा छ हामी नक्कली अनुसन्धानबाट गुज्रिरहेका छौं। र हामी जित्दैछौं । 

ट्रम्पले अश्लिल चलचित्रकर्मी स्टर्मी डेनियललाई सन् २०१६ मा एक लाख तीस हजार अमेरिकी डलर भुक्तानी गरेको आरोप छ । सन् २०१६ मा अश्लिल चलचित्रकर्मी डेनियलले मिडिया आउटलेटलाई सम्पर्क गरि सन् २००६ मा ट्रम्पसँग गरेको व्यभिचारी सम्बन्धबारे आफ्नो भनाइ बेच्न प्रस्ताव गरेकी थिइन् । 

ट्रम्पका वकिल माइकल कोहेनले डेनियललाई मिडियामा नआउन र चुप बस्न भनि १ लाख ३० हजार अमेरिकी डलर तिरेको बताइन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.