कसले काट्यो चञ्चलकलीको सुँड ?

कसले काट्यो चञ्चलकलीको सुँड ?
सुन्नुहोस्

हात्ती पाल्न धेरै लगानी चाहिन्छ। रेखदेखका लागि तीन-चार जना कर्मचारी साथै खानाका लागि खर्च ठूलो हुन्छ। पछिल्लो समय पर्यटकहरूमा हात्ती चढ्ने रुची घट्दै गएको तिवारीले सुनाए।  हात्ती चढ्ने क्रम घट्दो रूपमा रहेको पनि बताए।

काठमाडौं : गए राति चितवनको सौराहामा निजी हात्तीको सुँड काटिएको छ। सुँड काटिएको घटना नेपालमा हालसम्म भएको थिएन। पर्यटन व्यवसायको उद्देश्यले पालिएको हात्तीको सुँड कसले काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ। 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार रातिको समयमा हात्तीको सुँडको टुप्पो छिनालिएको भेटिएको हो। व्यापारी दीपेन्द्र खतिवडाले पर्यटन व्यवसायका लागि पालेको ४५ देखि ५० वर्षको चञ्चलकली सुँड काटिएको हो। जुन घटना अत्यन्त दुःखद र नेपालमा पहिलोपटक भएको बताए।। ‘कसले, कसरी, किन, काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। तर, हालसम्म केही पत्ता लागेको छैन।’

तिवारीका अनुसार राष्ट्रिय निकुञ्जमा विषेशगरी गस्ती तथा पेट्रोलिङ र उद्धारका लागि प्रयोग गरिन्छ। कुनै ठाउँमा बाघ निस्कियो भने त्यसलाई नियन्त्रण गर्न हात्तीभन्दा अर्को विकल्प हुँदैन। निकुञ्जले पर्यटक घुमाउन हात्तीको प्रयोग गर्दैन। तर, पर्यटन विकासका लागि निकुञ्ज क्षेत्रभन्दा बाहिर स्थानीयले पालेर राखेका छन्। स्थानीयहरूले वर्षौंदेखि हात्ती पाल्दै आएका छन्। तर, त्यस्ता घरपालुवा हात्तीलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले हात्ती दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्रिङ निकुञ्जले उक्त प्रक्रिया अगाडि बढाएको तिवारीले बताए। उनले भने ‘तर हात्तीको किनबेच निस्तेज गरेको छ। पाल्न पायो, किनबेच गर्न मिल्दैन।’ 

हात्ती पाल्न धेरै लगानी चाहिन्छ। रेखदेखका लागि तीन-चार जना कर्मचारी साथै खानाका लागि खर्च ठूलो हुन्छ। पछिल्लो समय पर्यटकहरूमा हात्ती चढ्ने रुची घट्दै गएको तिवारीले सुनाए।  हात्ती चढ्ने क्रम घट्दो रूपमा रहेको पनि बताए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले नेपालमा सुँड काटिएको घटना अहिलेसम्म नसुनेको बताए। ‘अहिले सुनियो, कसले, किन गरयो भन्ने कुरा अनुसन्धानले नै बताउँला। ठ्याक्कै भन्न सक्ने अवस्था छैन।’ 

सुँड काटिएको हात्ती निकुञ्जबाहिर पालिएको हुनाले राष्ट्रिय निकुन्ज ऐनअनुसार कारबाही नहुने कार्कीले बताए । जिल्ला प्रशासन कार्यालयअन्तर्गत निजी सम्पत्ति नोक्सान हुँदा जुन ऐन लागू हुन्छ त्यो घटनामा त्यही ऐन लागू हुने बताए।  साइटिस ऐन ९जंगली जीवजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापार महासन्धी० अनुसार हात्तीको किनबेच प्रतिबन्ध छ। उतm ऐन २०७३ मा मात्रै आएकाले लामो समयदेखि पालिएका हात्ती यथावत रहेको कार्कीले बताए । अनौपचारिक रूपमा पालिरहेकाले निरन्तर पाइरहेको बताए। 

कार्कीले भने, ‘यो भन्दा पहिला एउटा हात्तीको पुच्छर काटिएको रेकर्ड भए पनि सुँड काटेको थाहा थिएन। यस्तो खालको घटना थाहा थिएन। सुँड काटिनु झनै गम्भीर हो। सीसीक्यापराहरू होलान्। चाँडै पत्ता लाग्ला।’ एक–आपसमा जुधेर रोनाल्डो नाम गरेको हात्तीको पुच्छर काटिएको हुनसक्ने अनुमान गरिए पनि सुँड नै काटिनुले हात्ती मार्ने उद्देश्यले घटना भएको हुनसक्ने देखिएको छ। 

गत मार्च १० मा अमेरिकन समाचार संस्था सीएनएनले ७१ वर्षकी पाई लीन नामको हात्तीको बारेमा समाचार प्रकाशित गरेको थियो। उक्त हात्तीको मेरुदण्ड अत्यन्त चापका कारण बिग्रिएको थियो। २५ वर्षको दौरानमा पर्यटक बोक्दाबोक्दै हात्तीको मेरुदण्ड बिग्रिएको थियो। 

थाइल्यान्डमा पर्यटक लोभ्याउन हात्ती चढाउने गरिन्छ। एक पटकमा कम्तीमा ६ जना पर्यटक बोक्दा उनको मेरुदण्ड बिग्रिएको थियो। उक्त हात्तीको  यथार्थको बारेमा वाइल्ड लाइफ फे्रन्ड्स फाउन्डेसन थाइल्यान्डले बाहिर ल्याएको हो। लगातार पर्यटक बोक्दा हात्तीको शरीरका तन्तु र हाडमा क्षति पुग्छ र अन्त्यमा मेरुदण्डले कामै नगर्ने हुनसक्ने समाचारले जनाएको छ।  हात्तीका मेरुदण्ड गह्रौं भारी बोक्न उचित नभएको पनि उल्लेख गरिएको छ। पाई लीनलाई २५ वर्ष लगातारको दबाबले स्थायी रूपमा शारीरिक रूपमा क्षति पुगेको थियो। वाइल्ड लाइफको क्षेत्रमा काम गर्नेहरूले जनावरहरूलाई कुनै पनि प्रकारका शोषण, शारीरिक यातना दिन नमिल्ने आवाज उठाउँदै आएका छन्। 

चितवनमा सुँडै छिनाउने गरी घटेको घटनाले जनावरहरूको अधिकारको बहस निम्त्याएको छ। चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन २०७८-७९ अनुसार निकुञ्जको दुईवटा हात्तीको मृत्यु भएको थियो। चितवन राष्ट्रिय निकुञ्जको खोरसोरगज र कोसीटप्पु आरक्षको पार्वतीकलीको मृत्यु भएको थियो। तर, उनीहरू उमेर पुगेर प्राकृतिक रूपमा मरेका थिए।  नेपालमा जम्मा ३ सय ९७ हात्ती छन्। २ सय २७ जंगली र ७० वटा घरपालुवा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.