मिटरब्याज पीडितको आन्दोलनमा प्रहरी हस्तक्षेप, सिंहदरबार अगाडिबाट १० जना पक्राउ
काठमाडौं : प्रहरीले १० जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ । न्याय माग्न तराईबाट काठमाडौं आएका मिटरब्याज पीडित शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारीमा रहेको बेला उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकार आफूहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। सरकारले आफूहरूसँग पटकपटक सम्झौता गरेपनि माग सम्बोधनमा गम्भीर नभएको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस !
३