ट्रम्पलाई जेल हाल्नु हुँदैन : स्टर्मी डेनियल
उनले अर्को सुनुवाइमा बयान दिन आफूलाई बोलाइए पक्कै जाने बताइन् ।
वासिङटन डिसी : अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पले आफूलाई पैसा दिएको विषयमा जेल हाल्नु नहुने बताएकी छन् ।
स्टर्मी डेनियलले भनिन्, 'मलाई लाग्दैन कि मविरुद्ध उनले गरेको अपराध जेलमा हाल्न लायक छ।'
उनले अर्को सुनुवाइमा बयान दिन आफूलाई बोलाइए पक्कै जाने बताइन् ।
उनले भनिन्, ‘यो निकै चुनौतीपूर्ण छ तर म आशावादी छु । मसँग लुकाउन केहि छैन। सुरुदेखि नै सत्य बोल्ने म मात्रै हुँ।'
पूर्व राष्ट्रपतिमाथि स्टर्मी डेनियललाई उनीहरुबीचको अनैतिक सम्बन्धको बारेमा मौन बस्न १,३०,००० डलर तिरेको आरोप छ। यो अभियोगमा अधिकतम चार वर्षको जेल सजाय हुन सक्छ।
उनीसँगको आफ्नो अफेयर सार्वजनिक नगर्न ट्रम्पले सो रकम दिएको आरोप छ। बीबीसी
प्रतिक्रिया दिनुहोस !