बारामा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य हो, उपेन्द्र यादव आउनुहुँदैनथ्यो : महासचिव पोखरेल

बारामा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य हो, उपेन्द्र यादव आउनुहुँदैनथ्यो : महासचिव पोखरेल
सुन्नुहोस्

महासचिव पोखरेलले भने, ‘पराजित भएको व्यक्ति पाँचबर्ष जनताको सेवा गरेर बस्नुपर्नेमा बर्षदिन नपुग्दै उपनिर्वाचनमा उम्मेदवार हुनु भएको छ, एउटा नेताले गर्ने काम होइन यो।’

बारा : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बारा–२ को उपनिर्वाचनमा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य भएका छन्। गत निर्वाचनमा जसपासँग चुनावी तालमेल गरेर एमालेले जसपाको रक्षा गरी दिएको बताउँदै उनले एमालेलाई सहयोग गर्ने कुराबाट भाग्न नहुने तर्क गरेका हुन्। 

‘यसपटकको उपनिर्वाचनमा बारा–२ मा एमालेलाई सहयोग गर्नुपर्ने जसपाको कर्तव्य हो, उपेन्द्र यादवजी बारा आउनुहुँदैनथ्यो। एमालेलाई सहयोग गर्ने कुराबाट भाग्न हुँदैनथ्यो।’महासचिव पोखरेलले भने,‘उपेन्द्रजी कहिले मोरङलाई आफ्नो भन्नुहुन्छ, कहिले सुनसरी त कहिले सप्तरी, अहिले बारा–२ मा आउनुभएको छ, उहाँका लागि कहीँ पनि आफ्नो होइन, भ्रममा नपर्न म मतदातालाई आग्रह गर्न चाहन्छु भन्नुभयो। ’

गत निर्वाचनमा जसपासँग तालमेल गर्दा उपेन्द्रजीलाई सप्तरी–२ मा उम्मेदवार नबन्नुस्, अन्य निर्वाचन क्षेत्रबाट लड्नुस्भन्दा नमानेका कारण पराजित भएको बताए। महासचिव पोखरेलले भने, ‘पराजित भएको व्यक्ति पाँचबर्ष जनताको सेवा गरेर बस्नुपर्नेमा बर्षदिन नपुग्दै उपनिर्वाचनमा उम्मेदवार हुनु भएको छ, एउटा नेताले गर्ने काम होइन यो।’

महासचिव पोखरेलले बाराका जनताको समस्यामा सधैँ साथ दिने एमालेका चिरपरिचित नेता पुरुषोत्तम पौडेललाई विजय बनाउने विश्वास व्यक्त गरे। उनले आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन आग्रह गरे। 
पोखरेलले तराई मधेशका धेरै नेता पटक पटक मन्त्री हुँदा काठमाडौंमा उनीहरूका महल बने तर तराई मधेशको अवस्था जस्ताको तस्तै रहेको विगत स्मरण गर्न पनि मतदातालाई आग्रह गरे।

‘जतिबेलासम्म नेकपा (एमाले) राष्ट्रको नेतृत्व गर्ने ठाउँमा आएन, त्यतिबेला सम्म तराई मधेशको हालत के थियो ? तराई मधेशका सदरमुकामको हालत के थियो ? बाटाघाटाको हालत के थियो ?’मतदातालाई आग्रह गर्दै महासचिव पोखरेलले भने,‘भारतीय ठेकेदारले १० वर्षसम्म लथालिङ्ग बनाएको हुलाकी राजमार्ग एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको समयमा १३ अर्ब रुपियाँ बजेट छु्ट्याई नेपाल आफैँले निर्माणको काम अगाडि बढाएको हो।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.