हेलि एभरेष्टको हेलिकोप्टर धौलागिरी आधार शिविरमा दुर्घटना, पाइलट सकुशल

हेलि एभरेष्टको हेलिकोप्टर धौलागिरी आधार शिविरमा दुर्घटना, पाइलट सकुशल

काठमाडौं : हेलि एभरेष्टको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान  धौलागिरी बेसक्याम्प नजिकै हेलिकोप्टर दुर्घटना भएको हो। 

इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार पाइलट प्रिया अधिकारी सकुशल रहेकी छन्। उनी सामान्य घाइते भएको बताइएको छ। उद्दार गर्नका लागि अर्को हेलिकोप्टर त्यसतर्फ गएको छ।

शनिबार दिउँसो पनि ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको थियो। उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको हो।  हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.