सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ : गगन थापा

सिंहदरबारले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं : सांसद् गगन थापाले काठमाडौं महानगरपालिकाको जायज माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले संघ र स्थानीय तहबीच अन्तरसम्बन्ध प्रभावकारी हुन नसकेको बताए।

थापाले भने,‘काठमाडौं महानगर र सिंहदरबारबीच टकराव देखिएको छ । कुनै बिलम्ब नगरिकन काठमाडौं महानगरको जायजमाग सम्बोधन गरियोस् । तीन तहको सरकारबीच समन्वय हुन आवश्यक छ ।’

२०७६ सालदेखि अन्तरप्रदेश परिषद्को बैठक नै नबसेको उनको भनाइ छ। थापाले भने,‘समस्या स्थानीय सरकारमा  पनि छ । तर, संघले कानुन बनाइदिएको छैन । काठमाडौं महानगरमा देखिएको टकराव हल गरियोस् । स्थानीय सरकारलाई काठमाडौं महानगरमा आउने वातावरण नबनाइयोस् । ’

काठमाडौं महानगरपालिकासँगको टकराब हल गर्न सरकार गम्भीर बन्नुपर्ने बताए । उनले स्थानीय तहका प्रतिनिधि सिंहदरबारमा आएर घुम्ने प्रवृत्ति हल गर्नुपर्ने माग गरे।

सांसद थापाले काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बवधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी चाल्नुपर्ने बताए। उनले भने,' “काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.