सरकारले परिणाममुखी काम गर्नुपर्छ : महामन्त्री थापा

सरकारले परिणाममुखी काम गर्नुपर्छ : महामन्त्री थापा
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताएका छन्। 
 
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेससहितको सरकारले अरूलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणामुखी काम गर्नुपर्ने बताए। 

'वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो/यो काम गर्‍यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ', उनले भने। केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो।
 
महामन्त्री थापाले  संघीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताए। उनले संघीय शिक्षा ऐनका लागि आवश्यक सुझाव दिन शिक्षकलाई आग्रह गरे।
 
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको संघको नवौँ संघीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ।
 
विसं २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक संघले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा संगठन विस्तार गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.