विकासमा एक फड्को रेल

विकासमा एक फड्को रेल
फाइल तस्बिर।
सुन्नुहोस्

जनकपुरधाम : नेपालमा ब्रिटिस–भारत सरकारले सन् १९२७ मा आमलेखगन्ज–रक्सौल ३९ किलोमिटर र सन् १९३७ मा जनकपुर–जयनगर ४५ किलोमिटर रेल मार्ग निर्माण गरेको थियो। तर, पछि जनकपुर–जयनगर रेल्वेलाई महोत्तरीको विजलपुरासम्म विस्तार भयो।

विस्तारको केही दिन नबित्दै जनकपुर–विजलपुर २२ किलोमिटर खण्डको पुल बगाएपछि सेवा अवरुद्ध भएको थियो। त्यसपछि जनकपुर–जयनगरमा सिमिति भएको रेल सेवा अहिले आएर महोत्तरीको बर्दिबाससम्म विस्तार गरिँदैछ। 

तत्कालीन समयमा जनकपुर–जयनगर रेल्वे ब्रिटिस इन्डिया सरकारले नेपालको काठ भारत लैजान निर्माण गराएको थियो। तर, नेपालको काठ निकासीमा रोक लागेपछि सोही रेलमा मानिस आवत–जावत गर्न थाल्यो। साथै दुई देशीय परिवहन सेवासमेत रेलको माध्यमबाटै हुन्थ्यो।

२०२१ सालमा जनकपुर रेलवे नेपाल यातायात संस्थानको एउटा शाखाका रूपमा कायम भयो। भारत सरकारले चार डिजेल पावर इन्जिन र १८ बोगी प्रदान गरेपछि २०५१ सालमा आधुनिक रेल सेवा सञ्चालनमा आएको थियो। व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थानअन्तर्गत राखिएको रेल सेवालाई २०२५ मा जनकपुर–जयनगर रेलवे नामकरण गरियो। 

  •     नेपालमा रेल सेवाको इतिहास करिब ९ दशक लामो छ।
  •     झण्डै १० वर्ष बन्द रेल्वे सेवालाई सरकारले वर्ष दिनअघि ल्यायो सञ्चालनमा  

२०५८ सालमा यातायात संस्थान विघटन भएर २०६१ सालको जेठ १८ मा नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएपछि जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूप लिएको हो। झण्डै १० वर्ष बन्द रहेको रेल्वे सेवालाई सरकारले वर्ष दिनअघि सञ्चालन गर्‍यो। 

नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा बन्द भएको झण्डै ६ वर्षपछि २०७८ मंसिर २ गते शुक्रबार पौने २ बजे रेल जनकपुरधाम ल्याइयो। 
पुरानो ‘न्यारो गेज ट्रयाक’ विस्थापित गरेर ‘ब्रोडगेज ट्रयाक’ मा आधुनिक रेल सञ्चालन गर्ने योजनाअनुरूप नयाँ रेल गुडिरहेको छ। रेल्वे विभाग नेपालले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर–जयनगर हुँदै जनकपुरधामसम्म ल्याएको हो।

लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याएर एक वर्षदेखि नियमित रूपमा सञ्चालित छ। नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल जनकपुर–जयनगरको दुईपटक यात्रा तय गर्ने गरेको छ। एकपटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेलको नेपाल सेवाको इतिहास करिब ९ दशक लामो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.