सन्दीप लामिछाने ग्लोबल आइकन

क्रिकेटले जगाएको आशा

क्रिकेटले जगाएको आशा
तस्बिर : क्यान
सुन्नुहोस्

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपाली खेलाडीले पदक प्राप्त गर्न सकेका छैनन्। नेपालका लागि ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ।

काठमाडौं : गत चैत २ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भरिभराउ थियो। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा घरेलु टोली नेपाललाई समर्थन गर्न २० हजारभन्दा बढी दर्शक झुम्मिएका थिए। उनीहरूले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानभित्र मात्रै होइन, वरपरका रुखमा चढेरसमेत क्रिकेटको मज्जा लिएका थिए। 

घरेलु मैदानमा भएको लिग–२ को अन्तिम खेलमा नेपालले २० हजारभन्दा बढी घरेलु समर्थकमाझ ऐतिहासिक जितको खुसी साटेका थिए। यूएईलाई डकवर्थ–लेविस–स्टर्न (डीएल) मेथडमा नौ रनले पराजित गर्दै नेपालले आगामी जुन/जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटको यात्रा तय गरेको समाचारले भन्दा पनि समर्थकको भीड र रुखको टुप्पामा बसेर खेल हेरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमायो।

त्यसपछि नेपालको एक मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीका विषयले पनि त्यक्तिकै चर्चा पायो। खेल हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि मैदानमा फ्र्ड लाइट जडानका लागि तत्कालै निर्देशनसमेत दिएका थिए। 

आईसीसी विश्वकप क्रिकेट लिग–२ का पछिल्ला १२ मध्ये नेपालले ११ खेलमा जित निकालेको थियो। त्यसमा पनि आठ खेल घरेलु मैदानमै भएको थियो। नेपालले घरेलु मैदानमा भएका आठ वटै खेलमा जित निकालेको थियो। सन् २०२३ को क्रिकेट विश्वकपको ग्लोबल छनोटको यात्रा तय गर्नुका साथै सन् २०२७ सम्म एकदिवसीय राष्ट्रको मान्यता जोगाएपछि नेपाली क्रिकेटको चर्चा चुलिएको हो। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय  एरिनामा ऐतिहासिक सफलता हात पारेको यो पहिलो पटक होइन, पछिल्लो दशकमा नेपाली क्रिकेटले थुप्रै पटक ऐतिहासिक सफलता पाएका छन्। यही वर्ष नेपाल दोस्रो पटक यू–१९ विश्वकपमा छनोट भयो। 

घरेलु टोली यूएईलाई सात रनले हराउँदै आठ वर्षपछि उमेर समूहको विश्वकपमा छनोट भएको थियो। यसअघि सन् २०१६ मा नेपालले पहिलो पटक यू–१९ विश्वकप खेलेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट राष्ट्र नेपालले सन् २०१४ मा टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गरेको थियो स सन् २०१८ मा पहिलो पटक एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले यही वर्ष टीट्वेन्टी राष्ट्रको सदस्यता पाएको थियो।

सन्दीप ग्लोबल आइकन 

यही दशकमा युवा लेगस्पिनर सन्दीप लामिछानेले टीट्वेन्टी फ्रेन्चाइज प्रतियोगितामा विश्वका प्रतिष्ठित घरेलु लिगहरूमा आफ्नो उपस्थिति जनाए। २०७५ मा इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयर डेभिल्सबाट फ्रेन्चाइज क्रिकेटमा डेब्यु गरेका उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। आईपीएलमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उनी टीट्वेन्टी फ्रेन्चाइज लिगका व्यस्त क्रिकेटर बन्न सफल भए। विश्वका प्रमुख फ्रेन्चाइज टोलीमा आबद्ध सन्दीप कलिलो उमेरमै करोडपति बने।  

अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा सनसनी मच्चाएका सन्दीपमाथि यही वर्ष नाबालिग बलात्कारको अभियोग लाग्यो। नाबालिग बलात्कार आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई हटाउँदै रोहित पौडेललाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो। अभियोग लागेपछि केही समय बिदेश बसेका उनी गत असोज २० मा नेपाल फर्किएका थिए। लामो समय थुनामा बसेका उनलाई उच्च अदालत पाटनले गत पुस २८ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उनी राष्ट्रिय टोलीमा फर्किए ।  

२० वर्षपछि एसियाडमा रजत

]]सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा एसियन खेलकुद प्रतियोगिता (एसियाड) आयोजना भयो। नेपालले लगभग सबै खेलमा सहभागिता जनायो। नेपालले कराते, तेक्वान्दो, उसु र बक्सिङमा पदकको आशा राखेको थियो। तर, यी खेलका स्टार खेलाडीहरू पदकनजिकसम्म पनि पुग्न सकेनन्। आशा गरेका खेलका खेलाडी पदकविहीन हुँदा पुरुष प्याराग्लाइडिङ टोलीले पहिलोपटक एसियाडमा सहभागी प्याराग्लाइडिङमा ऐतिहासिक सफलता दिलाए।

सन् १९९८ मा सविता राजभण्डारीले बैंकक एसियाडमा नेपाललाई रजत दिलाएकी थिइन्। त्यसपछि नेपाल एसियाडमा रजतविहीन थियो। नेपालले एसियाडमा २० वर्षपछि रजत हात पारेको हो। यसअघि सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य पदक दिलाएकी थिइन्।

सन् १९५१ बाट सुरु भएको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को पहिलो संस्करणदेखि नै नेपालले सहभागिता जनाए पनि अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। नेपाली टोलीको सहभागिता ब्यापक बने पनि रजत पदकभन्दा माथि उठ्न सकेको छैन। एसियाली खेलकुदको ७२ वर्षको इतिहासमा नेपालले दुई रजत र २२ कांस्य गरी जम्मा २४ पदक जितेको छ। 

भलिबल राष्ट्रिय खेल 

मुलुकको राष्ट्रिय खेल के भन्ने लामो समयदेखिको बहसको टुंगो यही दशकमा लाग्यो। सरकारले नेपालको राष्ट्रिय खेल भलिबललाई निर्धारण ग¥यो। २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल निर्धारण गरेको हो। यसअघि डन्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दाबी गरे पनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेलको टुंगो लागेको थिएन। 

ओलम्पिकमा सहभागिता मात्रै

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपाली खेलाडीले पदक प्राप्त गर्न सकेका छैनन्। नेपालका लागि ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ। नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थाले पनि अहिलेसम्म सम्झन लाय प्रदर्शन हुन सकेको छैन।

सन् १९८८ को दक्षिण कोरियाको सोलमा भएको ओलम्पिकमा तेक्वान्दो खेलाडी विधान लामाले कांस्य पदक जिते पनि तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले त्यसले पदकको मान्यता पाउन सकेन। ओलम्पिक सहभागिताको ५९ वर्ष बितिसक्दा पनि नेपालको सहभागिता सहभागितामै सीमित रहँदै आएको छ । 

दक्षिण एसियाली खेलकुदमै रमाउँदै

नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको ६ दशक नाघिसकेको छ। २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागत रूपमा खेलकुद विकास थालिको हो। खेलकुद संस्थागत थालनी भएको लामो कालखण्ड बितिसक्दा पनि नेपाली खेलकुदले गति लिन सकेको छैन।

खेलकुदलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन। विश्व खेलकुदसँग तादात्म्यता मिलाउँदै सफलताको शिखर चुम्न अघि बढ्नुपर्नेमा आफ्नै परिवेशद्वारा सिर्जित विभिन्न समस्या र अप्ठ्याराहरूसँग लुकामारी खेल्नमा नै व्यस्त छ, नेपाली खेलकुद। अझै पनि नेपाली खेलकुदको परिधि दक्षिण एसियाली खेलकुद (साग) को घेराभन्दा माथि उठ्न सकेको छैन।

नेपाली खेलकुद दक्षिण एसियाली खेलकुदमा हासिल गरेको उपलब्धिमा मात्रै रमाउने गरेको छ। नेपालबाटै शुभारम्भ भएको दक्षिण एसियाली खेलकुद महोत्सव ३५ वर्षमा तेस्रोपटक सफलतापूर्वक सम्पन्न भयो। सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा सात हजारभन्दा बढी खेलाडी र पदाधिकारी सहभागी भएका थिए। प्रतियोगितामा सात देशका तीन हजार खेलाडीले ३१७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। समयमै पूर्वाधार निर्माण नहुँदा नेपालले यसअघि दुईपटकसम्म प्रतियोगिता सार्नु परेको थियो। भूकम्पका कारण मुख्य खेलस्थल दशरथ रंगशाला भत्किएकाले छोटो अवधिमा पुनर्निर्माण सक्न चुनौती थपिएको थियो। 

तीन राष्ट्रिय प्रतियोगिता

हरेक दुई वर्षको अन्तरालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भनिए पनि पछिल्लो एक दशकमा राष्ट्रिय खेलकुद प्रतियोगिताका जम्मा तीन संस्करण मात्र हुन सक्यो। २०७३ मा पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो। त्यसपछि २०७६ मा नेपालगन्जमा आठौं र २०७९ मा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.