साउदीमा नेपालीको  ५० लाख ठगी गरेर झापाका किशोरचन्द खवास फरार

साउदीमा नेपालीको  ५० लाख ठगी गरेर झापाका किशोरचन्द खवास फरार
साउदीबाट ५० लाख रकम लिएर फरार झापाका किशोरचन्द खवास । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीबाट ५० लाख रुपैयाँ ठगी गरेर झापाका किशोरचन्द खवास फरार भएका छन्।

उनीसँगै कार्यरत रोमन थापा मगरका अनुसार खवासले केहीदिन अगाडि साउदीमा केही कर्मचारीको आवश्यकता भन्दै विज्ञापन खुलाएका थिए। लगत्तै मगर रियाद बथामा रहेको खवासको अफिस पुगेका थिए।

मगरलाई विभिन्न लोभ देखाएर खवासले उनलाई काममा राखेका थिए । कार्यरत मगर भन्छन्,'खवासले भनेअनुसार साउदीमा कार्यरत नेपाली,जो अलपत्र परेका, कम्पनीमा छोडि भागेका , कार्यरत कम्पनीले तलब नदिएका नेपालीलाई विभिन्न प्रभोलन देखाई, कसैलाई राम्रो कम्पनीमा काम लगाइदिने ,कसैलाई घर पठाइदिने, कसैलाई लिगली रुपमा ट्राफर गर्नेलगायत कुरागरी विभिन्न क्षेत्रबाट नेपाली जम्मा गरी प्रत्येक व्यक्तिबाट  २,३,४,५ हजार रियलसम्म लिने गरेका थिए।'

मगरका अनुसार रकम दिने नेपालीको संख्या ७० भन्दा बढी रहेको छ । उनीहरूबाट १ लाख  ४३ हजार साउदी रियल संकलन गरेका थिए। पीडित नेपाली विशेष गरी झापा, मोरङ, सप्तरी, रूपन्देही, बारा, धनुसा ,धनगढी,पाल्पालगायत विभिन्न जिल्लाका रहेका छन्।

रकम बुझाएर अलपत्र परेका नेपालीले नेपाली दूतावास रियादमा निवेदन दिएका छन् । पीडित भन्छन्,'हामीलाई फिल्मी स्टाइलमा कुरा गरेर विभिन्न लोभ लालज देखाई रकम असुल्ने काम गरियो । अहिले खवास सम्पर्कमा नहुँदा हामी अलपत्रमा छौं। '

पीडित नेपालीलाई खवासले विभिन्न ठाउँमा राखेका थिए । तर,अहिले घरधनीले कोठा खालि गर्न भने उनीहरूले सहयोगका लागि अनुरोध गरेका छन्।  पीडितहरूले क्षतिपूर्तिको व्यवस्था गरी स्वदेश फर्काउन सहयोग गरिदिन आग्रह समेत गरेका छन् । 

रकम बुझाएको केहि दिनदेखि खवास सम्पर्कमा नआएपछि आफूहरु ठगिएको थाहा पाएको पीडितले बताएका छन्।  खबासको कार्यालयमा कार्यरत रोमन थापासहितलाई भेट्न जाँदा खवास सम्पर्कविहीन थाहा भएको हो।

खवासले रकम लिएको एक हप्ताभित्र काम लगाइदिने र नेपाल पठाइदिने बाचा गरेक़ाले रकम दिएको पीडितको भनाइ छ।  दूतावासमा निवेदन दिएलगत्तै दूतावासले सम्पर्कबिहीन भएका खवासको खोजीको लागि साउदीको कानुनअनुसार प्रकिया अगाडि बढाएको छ। दूतावासले अनावश्यक रूपमा यस्ता लोभ प्रभोलनमा नपर्न आग्रह गदै  यस्ता गिरोहलाई कारबाही गर्न विभिन्न संघसंस्थालाई आग्रह समेत गरेको छ । 

हाल साउदीमा नेपालीले नेपालीलाई विभिन्न लोभमा पारी ठग्ने प्रवृत्ति बढ्दो रहेको छ । हाल साउदीमा ४ लाख नेपाली कामदारको रूपमा रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.