बाजुरामा पनि पुल अलपत्र

बाजुरामा पनि पुल अलपत्र
सुन्नुहोस्

तत्कालीन जिल्ला विकास समितिले २०७३ सालमा दुई वर्षभित्र पुल निर्माण पूरा गर्ने गरी ठेक्का गरेको थियो। पुलको ठेक्का २ करोड २९ लाखमा अछामको साउद एडभेन्चरले लिएको हो।

बाजुरा : बुढीगंगा नगरपालिका– ८ को बेतालमाण्डां डेल्टा सडकखण्डको बार्जुगाड नदीमा निर्माणाधीन पुल ७ वर्षदेखि अलपत्र रहेको छ। खप्तड छेडेदह गाउँपालिका– ३ र बुढीगंगा नगरपालिका– ४ मा रहेको पुल अलपत्र रहेको हो। 

तत्कालीन जिल्ला विकास समितिले २०७३ सालमा दुई वर्षभित्र पुल निर्माण पूरा गर्ने गरी ठेक्का गरेको थियो। पुलको ठेक्का २ करोड २९ लाखमा अछामको साउद एडभेन्चरले लिएको हो।

सम्झौताअनुसार २०७५ सालमा सक्नुपर्ने भए पनि निर्माण कम्पनीले दुई पिल्लर हालेर बेखबर भएको स्थानीयले बताए। स्थानीय टेबबहादुर बुढाका अनुसार ठेकेदारको हेलचेक्र्याइँका कारण समयमै काम नभएर अलपत्र भएको वबताए।

धेरै समयसम्म त ठेकेदार नै सम्पर्कविहीन रहेको बुढाले सुनाए। निर्माणको जिम्मा पाएको साउद एडभेन्चर जेभीका सञ्चालक जयबहादुर साउद काम गर्ने वातावरण नभएको बहाना गर्दैै आएका छन्। सुरुका दुई वर्ष जिल्ला विकास समितिले बाटो दिन सकेन।

पछि कोभिडका कारणले काम गर्न नसकेको भन्दै बचावट गरेका छन्। उक्त पुल निर्माण भएपछि आटिचौर हुँदै भौनेरा जोड्न सजिलो हुन्छ। वर्षात्मा अवरुद्ध हुँदै आएको बल्देद्वारी पहिरोको विकल्पका रूपमा सदरमुकाम जोड्न सजिलो हुने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.