मेला हेर्न गएका युवाको भीरबाट लडेर मृत्यु

मेला हेर्न गएका युवाको भीरबाट लडेर मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बेनी  : भीरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।  प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भीरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४/२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो । 

प्रहरी निरीक्षक किरन लामाका अनुसार शनिबार दिउँसो मृत भेटिएका दर्जीको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । अनुसन्धानका लागि आइतबार घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । 

मृतक दर्जी खाम्लामा आयोजित मेला हेर्नका लागि आएका थिए । परिवारका सदस्यले दर्जीको मृत्युलाई शंकास्पद भनेर अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.