शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक
डोटीको एक पुस्तक पसलमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक आएपछि मिलाएर राख्दै । तस्बिर : अन्नपूर्ण

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् ।  कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख ध्रुव्र पन्तले बताए ।

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आपूर्ति गर्ने जिम्मा प्राइभेट कम्पनीले लिएको छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।

जनक शिक्षा सामग्री केन्द्रले यस बर्ष २०७९ साल चैत्र २६ गते देखि ६–१० कक्षाको पाठ्यपुस्तक दार्चुला र बाजुरा जिल्लाबाट वितरण कार्य सुरु गरिसकेको छ । सुदूरका पहाडि जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा,बैतडी जिल्रुमा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक वितरण गरिसकेको छ भने अन्य बाँकी रहेका डोटी, डडेलधुरा, कैलाली कंचनपुरमा पनि बैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक वितरण गरिसक्ने समेत कार्यालय प्रमुख पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशमा कक्षा ६–१० का लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकाले सबै जिल्लालाई पुग्ने किसिमको,सबै विषय वस्तुसहितको पाठ्यपुस्तक व्यवस्थापनमा रहेको पन्तले बताए । उनले भने, ‘गत वर्ष विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा साह्रै हैरानी खेप्नु परेको थियो सोही समस्यालाई बुझेर हामीले यस वर्ष सुदूरका दुर्गम जिल्लाका विकट बस्तीमा समयमै पाठ्यपुस्तक पुर्‍याउन पहल गरेका हौं ।’

बाजुराको कोल्टी,दार्चुलाको लिपुलेकमा समेत शैक्षिकसत्र सुरु हुनु अगाबै पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीले जनाएको छ ।

सामुदायिक विद्यालयमा कक्षा १–५ का पाठ्यपुस्तकहरु आपूर्तिको जिम्मा लिएका प्राइभेट कम्पनीहरूले पनि विद्यालयले माग गरे अनुसार पाठ्यपुस्तक जिल्लामा पुर्‍याइसकेको दिपायल पिपल्लास्थित प्राची बुक्स एण्ड सप्लार्यसका सञ्चालक डिक बहादुर महराले बताए । 

उनले भने, ‘कक्षा १–५ का पाठ्यपुस्तक हामीले माग गरे अनुसारका सबै पुस्तक जिल्लामा पुगिसकेका छन्,'विद्यालयमा पठाउने कार्य भइरहेको छ ।’

डोटी जिल्लामा कक्षा ६–१० का लागि आवश्यक पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले केही दिनभित्र आवश्यक माग अनुसारका पाठ्यपुस्तक उपलब्ध गराउने जानकारी गराइसकेको सञ्‍चालक महराले बताए । गत वर्ष पुस मसान्तसम्म पनि केही पाठ्यपुस्तक नपुगेको बताउँदै यस वर्ष विद्यार्थीलाई पढाइमा सहजता हुने समेत उनले बताए ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको ६ महिना, ८ महिना बितिसक्दा पनि पाठ्यपुस्तक आइपुग्दैन थियो तर यस वर्ष शैक्षिकसत्र सुरू हुनु अगावै पाठ्यपुस्तक आइपुग्दा विद्यार्थीको पठनपाठनमा सहजता हुने देखिएको छ । 

पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । ३ सय ८८ वटा सामुदायिक विद्यालय रहेको डोटीमा करिब ६० हजारको हाराहारीमा विद्यार्थी रहेको शिक्षा विकास समन्वय इकाइ डोटीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.