तीन वर्षपछि घोडेपानी–पुनहिलमा चिनियाँ पर्यटक

तीन वर्षपछि घोडेपानी–पुनहिलमा चिनियाँ पर्यटक
म्याग्दीको घोडेपानी–पुनहिल भ्रमणमा आएका चिनियाँ पर्यटक । तस्बिर : सौजन्य सुरेन गुरुङ
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा तीन वर्षपछि चिनियाँ पर्यटक आएका छन् । वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनियाँ पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । 

नेपाल विग माउन्टेन ट्राभल्समार्फत् कास्कीको तिखेढुङ्गाहुँदै आइतबार १८१ जना चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुनले बताइन् ।  

पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी,टोल सुधार समिति,आमा समूह र युवा कल्वले स्वागत गरेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गअन्तरगत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटकहरू आएका हुन् । 

घोडेपानीबाट टाढापानी हुदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथप्रर्दशक सुजित रेग्मीले बताए । उनका अनुसार यो पदमार्गमा थप तीन वटा चिनीयाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । 

null

सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाईमा अवस्थित पुनहिलमा सुर्योदय, गुराँसे जंगल र हिमशृङखलाको अवलोकन गरेका थिए ।   
घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन्। पछिल्लो एक महिनायता प्रतिदिन ५ सय जना हाराहारीमा पर्यटक भित्रिएका होटल व्यवसायी डमबहादुर पुनले बताए ।  

‘कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय वसन्त ऋतुको याम सुरुसँगै चहलपहल छाएको छ। दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्, 'उनले भने,'कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ। नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन्।’

घोडेपानीमा साना ठूला गरी ३० होटल छन्। पुनहिल प्रवेश तथा पुनहिलमा टी एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजार रुपैयाँमा ठेक्का लिएका छन् । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति  १५० रुपैयाँ शुल्क तोकिएको छ।

पुनहिलबाट धौलागिरि,सिस्ने, गुर्जा, मानापाथी, निलगिरि,अन्नपूर्ण, माछापुच्छ्रे,मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनुपनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ । 

null

वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रंगिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जंगल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानीहुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब ३ सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताए ।  

भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन। म्याग्दीको पोखरेबगर घार शिख चित्रेहुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटकहरू एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.