राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ सुरुङ जोडियो

राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ सुरुङ जोडियो
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ। 

राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले निर्माण गरिरहेको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युत् गृहमा खसाल्ने ठाडो १९६ मिटर सुरुङ सोमबार जोडिएको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले बताए।

‘विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो,’ उनले भने ‘सबैभन्दा कठिन मानिएको भर्टिकल प्रेसर साफ्टको पनि आज ब्रेक थु्रु भएको छ।’ 

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो। बाराही मण्डलीका सञ्चालक नन्दबहादुर छन्त्यालले सुरु गरेको चार महिनामा भर्टिकल प्रेसर साफ्ट निर्माण सकेको बताए। 

अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको ५४१ मिटर मध्य ३७० मिटर सुरुङ निर्माण सकिएको छ। पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। 

छ हजार २७० मिटर लामो सुरुङ मध्य हालसम्म चार हजार ३३४ मिटर निर्माण सकिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। उनका अनुसार आयोजनाको समग्रमा भौतिक प्रगति ५५ प्रतिशत छ। 

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ। २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परिक्षण गरि आयातको प्रक्रिया अघि बढाइएको छ। 

रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ। तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ। 

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ। 

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.