तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरका घर टहरा भत्कायो

तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरका घर टहरा भत्कायो
सुन्नुहोस्

तानसेन : तानसेन नगरपालिका पाल्पाले दरबार संग्रहालय बाहिरका संरचना डोजर लगाएर भत्काएको छ । दरबार  संग्रहालय परिसरको पूर्व र उत्तर तर्फका पसल संचालन भइरहेका ५७ घर टहराहरू हटाउन बुधबार बहानदेखि डोजर लगाइएको छ।

३ वटा डोजर प्रयोग गरी तानसेन नगरपालिकाले दरबार परिसरमा रहेका पसल भत्काएको हो । पसल भत्काउन तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजाली,प्रवक्ता यादव सिंह कार्कीसहित जनप्रतिनिधिहरू,प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारी,नेपाल प्रहरी,सशस्त्र प्रहरी सहभागी छन्।

पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचिमा पार्न, दरबारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका ५७ घर टहरा भत्काएको कार्यवाहक नगर प्रमुख  प्रतिक्षा सिंजालीले बताइन् । 

null

पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ पसल, घरेलु शिल्पकला बिक्री भण्डारका  १३ वटा पसल, रेडक्रस पाल्पा शाखाका ३ वटा पसल, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३  वटा, राणाकालिन समयदेखि प्रयोग हुँदै आएका २४ वटा सटर गरी ५७ वटा सटर सरकारी जग्गा निर्माण गरी स्थानीयवासीले व्यापार व्यवसाय गर्दै आएका थिए । 

सन् २००८ देखि नै पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा राख्ने पक्रिया सुरु भएपनि हाल आएर परिसर बाहिरका घरटहरा हटाई कार्यान्वयनको चरणमा गएको  प्रवक्ता यादव सिंह कार्कीले बताए ।  
दरबार परिसरभित्र प्रवेश गर्ने मुल ढोका २०६२ माघ १८ को तत्कालीन विद्रोही माओवादी आक्रमणमा क्षति भएको थियो । 

क्षति भएको दरबारको मुल ढोका मर्मत गर्न पुरातत्व विभागले दरबार परिसरका व्यापारिक पसल हटाउन भन्दै २०७९ साल माघ १० गते नगरपालिकालाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा तानसेन नगरपालिकाले सर्वदलीय, सर्वपक्षीय बैठक, प्रतिनिधिसभा तथा प्रदेशसभाका जनप्रतिनिधिहरुको बैठक घर टहरा हटाउने निर्यण भई कार्यपालिकाको बैठकबाट पास गरेको थियो । तानसेन नगरपालिकाले फागुन ३० गते ३५ दिन सूचना प्रकाशित गरी पसलधनीलाई सरसमान हटाई पसल खाली गर्न सार्वजनिक अपिल गरेको थियो । अधिकाशं पसलेले मंगलबार बेलुका नै पसलका सरसमान अन्यत्र सारेपनि केहीले डोजर लगाउँदै गरेको अवस्थामा सरसमान सारेका देखिन्थे ।

null

विश्व सम्पदा सूचीमा प्रवेश गराउन परिसर क्षेत्रका घरटहरा हटाउनु परेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले बताए । दुई/ चार दिनभित्रै संरचना पूर्णरुपमा हटाएर सरसफाइ गरी दरबारको पुरानै स्वरुप कायम गरिने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । 

दरवार परिसरभित्र जिल्ला समन्वय समिति, बाल संगठन,जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपाल विधुत प्राधिकरण, नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय रहेका छन् । तानसेन नगरपालिकाले केही व्यापारीबाट बहालकर नआएको तत्कालन भुक्तानी गर्न समेत पसलधनीलाई अनुरोध गरेको छ । तानसेन नगरपालिकाले दरबार परिसरबाट विस्थापित भएका वास्तविक पीडितलाई रेडक्रस भवन क्षेत्रका ९ वटा पसलमा स्थापित गर्न खोजेको जनाएको छ । null

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.