जानकी गाउँपालिकाले गर्‍यो तीन विद्यालय समायोजन

जानकी गाउँपालिकाले गर्‍यो तीन विद्यालय समायोजन
सुन्नुहोस्

टीकापुर : कैलालीको जानकी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी पालिकाका विभिन्न तीन वटा विद्यालयलाई समायोजन (मर्ज) गरेको छ ।

गाउँ कार्यपालिकाको मंगलबार सम्पन्न बैठकले पालिकाका तीन वटा विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको हो । 

बैठकले वडा नं. मा रहेको गायत्री आधारभूत विद्यालयलाई जनता नमूना माध्यमिक विद्यालयमा समायोजन गरेको छ । त्यस्तै वडा नं. ९ को बिन्ध्येबासिनी आधारभूत विद्यालयलाई जनता आधारभूत विद्यालय र वडा नं. ९ कै कालिका आधारभूत विद्यालयलाई राष्ट्रिय मा.वि. पाताभारमा समायोजन गर्ने निर्णय गरेको हो । 

कार्यपालिकाको बैठकले पालिकाका भित्रका विभिन्न सात वटा विद्यालयको तह समेत मिलान गरेको छ । 

बैठकले वडा नं. ९ मा रहेको कक्षा १० सम्म सञ्चालित राष्ट्रिय मा.वि.लाई कक्षा ८ सम्मको आधारभूत तह, वडा नं. ५ मा रहेको कक्षा ८ सम्म सञ्चालित राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ५ सम्मको आधारभूत तहमा झार्ने निर्णय गरेको हो । 

त्यस्तै कार्यपालिका बैठकले जानकी २ मा रहेको कक्षा ८ सम्म सञ्चालित राष्ट्रिय आभारभूत विद्यालयलाई कक्षा ५ सम्म, कक्षा ८ सम्म सञ्चालित कालिका आधारभूत विद्यालयलाई ५ सम्म तह घटुवा गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकले वडा नं. ३ मा कक्षा ५ सम्म सञ्चालित बालमुक्ति आधारभूत विद्यालय र गौरीशंकर आधारभूत विद्यालयलाई कक्षा ३ सम्म र वडा नं. ६ मा कक्षा ५ सम्म सञ्चालित कालिका प्रा.वि.लाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी तह घटुवा गरेको हो । 
विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षकहरुको दरबन्दी, विद्यालय–विद्यालय बिचको दुरीका लगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए । 

‘शिक्षा ऐनमा भएको व्यवस्था अनुसार कक्षागत संख्या, नजिकमा रहेका विद्यालयको दुरी, शिक्षक दरबन्दी जस्ता आधारमा हामीले समायोजन र तह मिलान गरेका हौं’ अध्यक्ष चौधरीले भने ‘अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारका लागि यो निर्णय निकै चुनौतिपूर्ण छ ।’

अध्यक्ष चौधरीले हाललाई बाल विकास कक्षा भने सोही विद्यालयहरुमा सञ्चालन गरिने बताए । ‘यो वर्ष बालविकास कक्षा तिनै विद्यालयहरुमा सञ्चालन हुन्छ, यसमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले मेहनत गरे अर्को वर्ष कक्षा वृद्धि गर्न सकिन्छ, होइन भने अर्को वर्षदेखि समायोजन भएका विद्यालय पूर्ण रुपमा बन्द हुन्छन्’ अध्यक्ष चौधरीले भने ‘त्यसकारण गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारलाई, अभिभावकलाई र शिक्षकहरु सबैलाई निकै चुनौति छ ।’
गाउँपालिकाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्नका लागि समायोजन र तह मिलान गरेको अध्यक्ष चौधरीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.