गुल्मीमा डढेलो निभाउन जाँदा जलेर घाइते भएका बालकको  मृत्यु

गुल्मीमा डढेलो निभाउन जाँदा जलेर घाइते भएका बालकको  मृत्यु
फाइल तस्बिर

गुल्मी : गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी घाइते  भएका बालकको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान उपचारका क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

बिहीबार राति आफ्नो परिवारका सदस्यका साथ स्थानीय बर्दवास जङ्गलमा लागेको डढेलो निभाउने क्रममा उनी जलेर घाइते भएका थिए। 
उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.