गुल्मीमा वनभरी डढेलो फैलियो : जलेर एक बालकको मृत्यु, एक गम्भीर घाइते

गुल्मीमा वनभरी डढेलो फैलियो : जलेर एक बालकको मृत्यु, एक गम्भीर घाइते
सुन्नुहोस्

गुल्मी : गुल्‍मीमा वनमा लागेको आगो निभाउन गएका एक बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका- ३ हाडहाडेका स्थानीय १३ वर्षीय दिपक मुखियाँको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगोले जलेर स्थानीय ५५ वर्षीय धनबहादुर जोगी कुवँर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार घाइते कुवँरलाई पाल्पाबाट थप उपचारका लागि बुटवल लगिएको छ । 

सल्लाघारी वनमा लागेको आगो निभाउने क्रममा मुखियाँ र कुँवर जलेका थिए। 

गर्मी मौसम सुरुभएसँगै जिल्लाका दर्जनौं सामुदायिक वन र घरगोठमा आगलागी भइरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.