निर्वाचन आयोगले भन्यो : उपचुनावमा अवाञ्छनीय गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारबाही गर्नू

निर्वाचन आयोगले भन्यो : उपचुनावमा अवाञ्छनीय गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारबाही गर्नू
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनको क्रममा अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगले उपनिर्वाचन हुने जिल्लाका निर्वाचन क्षेत्रमा निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्न निर्देशन दिएको हो ।

 यस्तै,आयोगले अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिइ कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार वा सार्वजनिक भोज आयोजना नगर्न भनेको छ । 

आगामी बैशाख १० गते चीतवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.