प्रधानमन्त्रीले फेरि उदण्डता मच्चाउनुहोला, अब उपरान्त उहाँलाई खोज्न चाहन्न : भिष्मराज आङ्देम्बे

प्रधानमन्त्रीले फेरि उदण्डता मच्चाउनुहोला, अब उपरान्त उहाँलाई खोज्न चाहन्न :  भिष्मराज आङ्देम्बे
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले अब उपरान्त प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताएका छन्। संसदमा बोल्दै उनले मुलुकमाथि उठेका प्रश्नहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा पनि ठूलो र संवेदनशील भएको बताए। 

उनले प्रधानमन्त्री शाहले फेरि उदण्डता मच्चाउला भनेर आफूलाई डर लागिरहेको बताए। 'फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्री आउनुहोला, फेरि त्यस्तै केही नहोस् भन्ने लाग्छ। डर पनि लाग्छ, कतै फेरि कुनै उदण्डता मच्चाइदिनुहुन्छ कि,' उनले भने, 'अब उपरान्त म प्रधानमन्त्रीजीलाई खोज्न चाहन्न। किनकि मेरो मुलुकका समस्या र प्रश्नहरू उहाँको उपस्थितिभन्दा पनि ठूला र संवेदनशील छन्।'

आङ्देम्बेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण संसदको गरिमामय समय अनावश्यक रूपमा खर्च गर्न नहुने आफ्नो दलको धारणा रहेको पनि बताए।

उनका अनुसार यदि कुनै अन्तर्राष्ट्रिय पर्यवेक्षक संसदमा उपस्थित भएको अवस्थामा सत्तापक्ष सांसदहरूको ताली र प्रतिक्रियालाई आधार मानेर नेपालले भारतको सीमा मिचेको निष्कर्ष निकाल्ने अवस्था सिर्जना हुने बताए। 'यदि कुनै अन्तर्राष्ट्रिय पर्यवेक्षक संसदमा बसेको भए १८१ जना सांसदको तालीको गडगडाहट देखेर उनीहरूले पनि साँच्चै नेपालले भारतको सीमा मिचेकै रहेछ भन्ने लेख्न सक्छन्,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.