संसदमा श्रम सँस्कृति पार्टीको अवरोध कायमै

संसदमा श्रम सँस्कृति पार्टीको अवरोध कायमै
सुन्नुहोस्

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थित भएर सच्चाउनु पर्ने बताएका छन् । बुधबार बसेकोे प्रतिनिधिसभा बैठकमा साम्पाङले प्रधानमन्त्रीले राखेको बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने कुरामा आफूहरुको असहमति रहेको भन्दै स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थिति भएर आफ्नो अभिव्यक्ति सच्चाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरामा आफूले जोड दिएको उनले बताए । उनले प्रधानमन्त्री सदनमा आउन नसके लिखित रुपमा आफ्नो जवाफ दिन सक्ने उल्लेख गरे । सीमा लगायतका बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिदा श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.