सदनमा परराष्ट्रमन्त्रीको जवाफ- सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी छ

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी छ
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमाअन्तर्गत सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी रहेको बताएका छन्। बुधबार संसदमा बोल्दै उनले नेपाल-भारत सीमाको अधिकांश क्षेत्रमा नक्साङ्कन सम्पन्न भइसकेको भए पनि सुस्ता र लिपुलेक क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको बताए।

अन्य स्थानमा देखिएका समस्या भने क्रस बोर्डर अकुपेन्सीसँग सम्बन्धित रहेको उनको भनाइ छ। मन्त्री खनालले नेपाल र भारतबीच सीमा, सुरक्षा, व्यापारलगायत विभिन्न विषयमा काम गर्ने दर्जनौं द्विपक्षीय संयन्त्र रहेको उल्लेख गरे। तीमध्ये केही संयन्त्र लामो समयदेखि निष्क्रिय रहे पनि अब पुनः सक्रिय हुने क्रममा रहेको र विभिन्न संयन्त्रहरूको बैठक निकट भविष्यमै बस्न लागेको उनले जानकारी दिए।

मन्त्री खनालका अनुसार नेपाल-भारत सीमा व्यवस्थापनसँग सम्बन्धित प्राविधिक संयन्त्रहरूले सीमाङ्कन र नक्साङ्कनको काम गरिरहेका छन्। त्यससम्बन्धी विस्तृत विवरण सम्बन्धित संयन्त्रबाट प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.