परिवर्तनका लागि वर्गशत्रुका विरुद्ध क्रान्तिकारी लडिरहन्छ : महासचिव पोखरेल

परिवर्तनका लागि वर्गशत्रुका विरुद्ध क्रान्तिकारी लडिरहन्छ : महासचिव पोखरेल
फाइल तस्बिर।
सुन्नुहोस्

‘एउटा अवसरवादी भने आफैभित्र लडेर परिवर्तनलाई रोक्न मदत पुर्‍याउँछ।’

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटा क्रान्तिकारी परिवर्तनका लागि निरन्तर वर्गशत्रुका विरुद्ध लडिरहने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा उनले वर्गशत्रुका विरुद्ध लड्नुपर्ने बताएका हुन्।

महासचिव पोखरेलले एउटा अवसरवादी भने आफैँभित्र लडेर परिवर्तनलाई रोक्न मद्दत पुर्‍याउने बताएका छन्। ‘एउटा क्रान्तिकारी परिवर्तनका लागि निरन्तर वर्गशत्रुका विरुद्ध लडिरहन्छ ।’पोखरेलको टिप्पणी छ, ‘एउटा अवसरवादी भने आफैभित्र लडेर परिवर्तनलाई रोक्न मदत पुर्‍याउँछ।’

गत वर्ष एमालेमा बस्न नसकेर एउटा समूह बाहिरिएको थियो। माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी एकीकृत समाजवादी गठन भएपनि गत निर्वाचनमा एस पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सकेन। तर प्रत्यक्षमा दोस्रो दल बनेपछि एमाले समानुपातिकमा भने पहिलो पार्टी बनेको छ। पार्टी टुटफुटले एमाले पहिलो दल बन्न चुकेपछि पोखरेलले उनीहरुलाई अवसरवादीको रुपमा संकेत गर्दै आएका छन्।

२२ अप्रिल १९४९ का दिन राणाकालमा नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए। पुष्पलाल पार्टीका महासचिव बनेका थिए।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित थिएनन्।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.