‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङलाई
उपाधिसँगै निलमले १० लाख नगद पुरस्कार प्राप्त गरिन् ।
काठमाडौं : नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेका छन्। फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् । उपाधिसँगै निलमले १० लाख नगद पुरस्कार प्राप्त गरिन् ।
गत भदौदेखि डिजिटल अडिसन, फिजिकल अडिसन हुँदै भोटिङसम्म पुगेर फिनालेमा पुगेको थियो । अडिसनमा नेपालबाट १ सय ७२ र विदेशबाट ५० जना छनोट भएका थिए । यसरी छानिएका सहभागीमध्येबाट विभिन्न चरण पार गरेका १४ जना कविबाट दर्शक तथा स्रोताको भोट र निर्णायकको निर्णय सहित चार जना ग्राण्ड फिनालेमा पुगेका थिए ।
प्रतिस्पर्धामा सहभागी १४ कविका कविता समावेश भएको पुस्तक पनि लोकार्पण गरिएको छ।
यसैबीच अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पोइट आइडलको पहिलो संस्करणको समापन गर्दै नेपाल आइडलको पाँचौ संस्करण छिट्टै सुरु हुने घोषणा गरेका छन्।
एपी वान टेलिभिजनले समाचारका साथै अन्तर्राष्ट्रियस्तरका फ्रेन्चाइज शोहरूमार्फत आम दर्शकलाई सूचना तथा मनोरञ्जन प्रदान गर्दै आएको छ। आगामी दिनमा पनि एपी वान टेलिभिजनले दर्शकका रोजाई र चाहना अनुसारका कार्यक्रम प्रस्तुत गर्दै जाने अध्यक्ष थापाले प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !