बारा, चितवन र तनहुँमा आज उपचुनाव

बारा, चितवन र तनहुँमा आज उपचुनाव

आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

काठमाडौं : बारा २, चितवन २ र तनहुँ १ मा आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ। आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ।

उक्त समयभित्र आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। 

आयोगले शनिबार उपचुनावको सम्पूर्ण तयारी पूरा भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। ‘निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित छ’, उसले विज्ञप्तिमा भनेको छ। 

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए। चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए। 

त्यसपछि हुन लागेको उपचुनावअन्तर्गत तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका डा. स्वर्णिम वाग्लेलगायत प्रतिस्पर्धी चुनावी मैदानमा छन्। बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.