मटिहानीमा आगलागी, १० घर जलेर नष्ट

मटिहानीमा आगलागी, १० घर जलेर नष्ट
फाइल तस्बिर।
सुन्नुहोस्

महोत्तरी : मटिहानी नगरपालिकामा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आइतबार मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन्।

दिउँसो १२ बजेतिर स्थानीय राजकिशोर मुखियाको घरमा लागेको आगो अनियन्त्रित हुँदा बेचनी खातुन,सदरे आलम शेष,गफार शेष,गफार शेषलगायतका घरहरू पूर्णरुपमा जलेर नष्ट भएका हुन्।

आगलागीबाट करिब २५ लाख मूल्य बराबरको सर–सामान जलेर नष्ट भएको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताएका छन् । आगलागी नियन्त्रणका लागि जलेश्वर नगरपालिका र रामगोपालपुर नगरपालिकाको बारुण यन्त्र,नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलगायत स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

यसैबीच आगलागी पीडितलाई तत्काल मटिहानी नगरपालिकाकोतर्फ सहयोगस्वरुप प्रति परिवार २५ किलो चामल,दाल,चिनी चिउरा र त्रिपाल वितरण गरिएको नगरप्रमुख मण्डलले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.