मर्स्याङ्दीका विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

मर्स्याङ्दीका विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम
मस्र्याङ्दीको पर्यटकीय सिउरुङ गाउँ । तस्बिर : नवीनराज कुइँकेल
सुन्नुहोस्

बेंसीसहर : समुदाय तथा बालबालिकामा स्वास्थ्य र शिक्षामा सुधार गर्न मस्र्याङ्दी गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूले महिनामा एक दिन आफ्नो वडाको हरेक विद्यालय र कम्तिमा दुईवटा गाउँमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।

‘समुदाय तथा बालबालिकामा देखिने स्वास्थ्य समस्या हटाउन स्वास्थ्य शिक्षा कार्यक्रम लागु गर्न लागेका हौं’,गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने,‘यो कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढ्छ र नागरिकहरु निरोगी बन्नेछन् ।’ 

कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय तथा स्वास्थ्यकर्मीलाई रचनात्मक ढंगबाट लाग्न उनले आग्रह गरेका छन् ।

‘समुदाय तथा विद्यालय स्तरमा सरसफाई,स्वच्छ र अर्गानिक खानेकुराको प्रयोग,रोग र महामारीसँग कसरी लड्ने भन्ने विषयमा कार्ययोजनासहित समुदाय र विद्यालयमा पुग्ने योजना बनाएका छौं’,स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेले भने,‘गाउँगाउँ पुग्दा स्वास्थ्य समस्या बुझ्न पाउनुको साथै,दिर्घरोगीको हेरविचार गर्न पाइन्छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तमाङले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा एउटा नविनतम कामको थालनी गरेको बताए । यस कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.