तनहुँमा दुई बस ठोकिँदा १३ यात्रु घाइते

तनहुँमा दुई बस ठोकिँदा १३ यात्रु घाइते

तनहुँ : पृथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका-२, माथिल्लो गुणादीमा दुईवटा ठोक्किदा १३ जना यात्रु घाइते भएका छन्।

सोमबार दिउँसो पौने ३ बजे दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८२३ नम्बरको बस र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना ५ ख २११३ नम्बरको बस ठोकिँएका थिए। 

दुर्घटनामा दुवै बसमा सवार यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परी कास्की अन्नपुर्ण गाउँपालिका १, बस्ने १९ वर्षीया इल्का लिम्बु, पोखरा महानगरपालिका–३ की ४३ वर्षीया श्याममाया मग्राती, वडा नम्बर २ बस्ने अभिषेक सुनार,  २२ वर्षीया पूजा सुनार, उनका १८ महिने छोरा अग्नि सुनार घाइते भएका छन्। 

त्यस्तै, शुक्लागण्डकी ९४ दुलेगौँडाका ४० वर्षीय बलबहादुर गर्बुजा, व्यास–५ पतेनीकी ६३ वर्षीया हिरा विक, सोही ठाउँका ६६ वर्षीय त्रिलाल विक, वडा नं- १३ की  ४५ वर्षीया रुपा रम्तेल,  ४० वर्षीय यमबहादुर रम्तेल, म्याग्दे–४ थर्पुकी ५४ वर्षीया शारदा कुमाल, छाङ बस्ने ७५ वर्षीया सुकुन्धरा नेपाली, गोरखा पालुङटार–२ की २२ वर्षीया सविना मिया दुर्घटनामा परी घाइते भएका हुन्। 

अग्नि सुनारको अवस्था मध्यम रहेकाले पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। अन्यको दमौलीस्थित जिल्ला अस्पताल दमौली र रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.