विराटनगरमा दुर्घटना, पैदलयात्रुको मृत्यु
विराटनगर : विराटनगरमा बुधबार एकाबिहानै दुर्घटना हुँदा १ जना पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ कन्चनबारीमा ट्रकले पैदलयात्रुलाई बिहान ७:१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा पैदलयात्रु पुरुषको घटनास्थलमै मृत्यु भएको हो। अन्दाजी ५५-६० वर्षीय मृतकको पहिचान खुलेको छैन।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले सडक पार गर्दैगर्दा ठक्कर दिएका पुरुषको शव क्षतविक्षत अवस्थामा सडकमै छ। शव उठाएर पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।
उनका अनुसार दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेर मृतकको पहिचानको प्रयास भइरहेको छ। ट्रक र चालक मोरङको रंगेली घर भएका अन्दाजी ३६ वर्षीय सुनील सरदारलाई नियन्त्रणमा लिइएको पोखरेलले बताए। ट्रकको तीव्र गति र पैदलयात्रुले लापरबाहीपूर्ण तरिकाले सडक पार गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया दिनुहोस !