आगो निभाउन गएको दमकल दुर्घटना, चालकसहित ५ जना गम्भीर घाइते

आगो निभाउन गएको दमकल दुर्घटना, चालकसहित ५ जना गम्भीर घाइते
सुन्नुहोस्

गौर नगरपालिका-४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको  ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो।

रौतहट : आगो निभाउन गएको बारुण यन्त्र (दमकल )मंगलबार राति दुघटना हुँदा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्।

गौर नगरपालिका-४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको  ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो।

सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर बारुण यन्त्रसहित अग्निनियन्त्रण टोली जाने क्रममा ब्रेकफेल भइ दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेका बारुण यन्त्र चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारको लागि विरन्ज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विरगन्ज पठाइएको घाइतेको ढाड, खुटा, हात, छाती र टाउकोमा गम्भीर चोट लागेको छ। गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानवीय सेवामा हिंडेको बारुणयन्त्र दुर्घटनामा परेर घाइते भएका कर्मचारीहरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.