विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बुधबार दिउँसो १ जना पक्राउ परेका छन्। 

सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयाबाट २४ वर्षीय उदितनारायण माझीलाई दिउँसो ३:१० बजेतिर पक्राउ गरेको हो। मोरङको ग्रामथान गाउँपालिका-१ लखन्तरी घर भएका माझी प्रदेश १-०४-००१ प ३६२८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतिर आउँदै गर्दा पक्राउ परेका हुन्। 

शंका लागेपछि सशस्त्रले मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीमाथि खानतलासी गरेको थियो। शरीर खानतलासी गर्दा माझीको साथबाट ६.७४ ग्राम ब्राउन सुगर फेला परेको कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले बताए। उनका अनुसार माझीले भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर ल्याएको पाइएको छ। 

पक्राउ परेका माझी, बरामद भएको खैरो हेरोइन र नियन्त्रणमा लिइएको मोटरसाइकललाई सशस्त्रले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ। माझीका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.