जीप दुर्घटनामा सहचालकको मृत्यु
गुल्मी : जीप दुर्घटना हुँदा मालिका गाउँपालिका २ गुल्मीमा एकजनाको मृत्यु भएको छ । बुधबार दर्लिङबाट बागलुङको बडिगाडस्थित भिमगिठे जाँदै गरेको लु १ च ९९११ नम्बरको जीप दुर्घटना हुँदा जीपका सहचालक बागलुङ बडिगाड–९ निवासी १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय खाल्टुङ खोलामा जीप दुर्घटना भएको हो ।