लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

बुटवल :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। उनले आजै ८ दलका ५३ सांसदहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए। प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा चौधरीले तोकेकै समयमा दाबी पेस गरेका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक सांसदको समर्थन रहेको छ। 

मुख्यमन्त्री चौधरीको शपथ ग्रहण शुक्रबार मात्रै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल विस्तार हुने बताइएको छ । चौधरी लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । करिव ६ वर्षको अवधिमा प्रदेशले चार मुख्यमन्त्री पाएको हो । शंकर पोखरेल संस्थापक मुख्यमन्त्री हुन । त्यसपछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.