निर्वाचन आयोगले उपराष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन
काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति रामसहाय यादवसमक्ष प्रतिनिधिसभा सदस्य उपनिर्वाचन,२०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ।
राष्ट्रपति रामचन्द्र पौडल अस्वस्थ भइ दिल्लीमा उपचारत रहेकाले उनको अनुपस्थितिमा निर्वाचनको परिणामको प्रतिवेदन उपराष्ट्रपति यादवलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२बमोजिम प्रतिनिधिसभा सदस्य उपनिर्वाचन, २०८० निवार्चन परिणामसहितको प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !