केपी ओलीमाथि आक्रमण हुनसक्ने भन्दै विष्णु पौडेलले संसदलाई गराए ध्यानाकर्षण, प्रधानमन्त्रीसँग जवाफ माग

केपी ओलीमाथि आक्रमण हुनसक्ने भन्दै विष्णु पौडेलले संसदलाई गराए ध्यानाकर्षण, प्रधानमन्त्रीसँग जवाफ माग
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका आक्रमणका प्रयासको निन्दा गरेका छन्। शुक्रबार संसदमा बैठकमा बोल्दै उनले अध्यक्ष ओलीमाथि अहिले पनि आक्रमणको तयारी भइरहेको दाबी गरे। 

उपाध्यक्ष पौडेलले तेह्रथुम र ताप्लेजुङमा आक्रमणको तयारी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 'खबरदार सरकार, हाम्रा श्रदय अध्यक्षमाथि आक्रमण गरिए सरकारले महँगो मूल्य चुकाउनुपर्छ। हामीले सुनेका छौं, तेह्रथुम र ताप्लेजुङमा अपराधिक घटना हुनेवाला छ। कुनै अप्रिय घटना नघटोस्। सरकारको ध्यानाकर्षण गराए,' उनले भने। 

उनले सरकारले जनतालाई शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए। उनले गृहमन्त्रीको प्रवचनले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए। 

'गृहमन्त्रीले दिएको जानकारीले पुगेन। हामीलाई उहाँको प्रवचन होइन। शान्ति सुरक्षा चाहिएको हो। यसबारे प्रधानमन्त्री आएर सदनमा भन्नुपर्‍यो। देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ कि सक्दैन? जनतालाई सुरक्षा प्रदान गर्न सक्छ कि सक्दैन?,' उनले प्रश्न गरे। 

उनले देशमा अपराधिक गतिविधि बढिरहेका बेला सरकारले गर्न खोजेको के भन्दै प्रश्न गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.