निर्माण हुँदै करवाकेली–मोहरेडाँडा पदमार्ग

निर्माण हुँदै करवाकेली–मोहरेडाँडा पदमार्ग
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको करवाकेलीदेखि मोहरेडाँडा जोड्ने पैदलमार्ग निर्माण गर्दै। सन्तोष गौतम

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीय स्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करवाकेलीदेखि राम्चेको शिर आलडाडा हँुदै समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो। 

अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिए। ‘प्रदेश सरकारबाट प्राप्त ३० लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो,’ उनले भने ‘जंगल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुंगाको सिँढी चिनेर पैदलमार्गका साथै दुइटा विश्रामस्थल बनाउने योजना छ।’

करवाकेलीदेखि आलडाँडासम्म र आलडाँडादेखि मोहरेडाँडासम्म दुइवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ। पर्यटकहरूलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुइवटा प्रतीक्षालय भवन निर्माण गरिने करवाकेली मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताए। 

करवाकेली–आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाँडा टोलका उपभोक्ताले लिएका छन्। राम्चेका उपभोक्ताले आलडाँडादेखि मोहरेडाँडा खण्डको जिम्मा लिएका छन्। एउटा समूहमा दैनिक १०÷१५ जनादेखि १५÷२० जनाका दरले मजदुर परिचालन गरिएको छ। आगामी जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ। ढुंगा चिन्नुका साथै पुरानो बाटोको झाँडी सफाइ तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले बताए।

बस्तीदेखि टाढा र भुइँमा बिछ्याउने ढुंगा नपाइँदा पदमार्ग निर्माणमा चुनौती बनेको छ। पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवत–जावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ। पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताए। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी, पुनहिलदेखि मोहरेडाँडा–करबाकेली हुँदै बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रघुगंगा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ। गुराँसको जंगल, पुन समुदायको करवाकेली थान, संग्रहालय, ग्रामीण बस्ती, जीवनशैली, वनजंगल, वनस्पति र वन्यजन्तु करवाकेली–मोहरेडाँडा पदमार्गका आकर्षण हुन्। यो पदमार्गले करबाकेली र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गलाई जोड्छ। 

करबाकेली र पुनहिलबाट तीन घण्टा पैदल हिँडेपछि पुगिने मोहरेडाँडा पछिल्लो समय पर्यटकको आकर्षण बनेको छ। यहाँबाट सूर्याेदय, सूर्यास्त, सिस्ने, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे मनास्लु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.