समुन्नतिको खाका

इजलास

समुन्नतिको खाका

केदारभक्त माथेमा 

युवा बिदेसिने क्रम बढ्दो छ। उनीहरूलाई स्वदेशमै रोक्न सक्नुपर्छ। त्यसका लागि प्रस्तुत १० बुँदामा गम्भीर मनन् गर्नुपर्छ। 

१. राजनीतिक स्थिरताः 

मुलुकमा समुन्नतिका लागि राजनीतिक स्थिरता हुनुपर्छ। राजनीतिक स्थिरता भएमा लगानीको वातावरण बन्छ। राजनीतिक स्थिरताका लागि शीर्ष नेताहरूमा समझदारी हुनुपर्छ। 

२. गुणस्तरीय शिक्षाः
शिक्षाको जग बलियो भएको जनशक्तिले मुलुकलाई योगदान गर्छ। विद्यालयले शिक्षालाई बलियो बनाउनुपर्छ। सार्वजनिक शिक्षामा सुधार गर्नुपर्छ। राज्यले महत्व दिई लगानी बढाउनुपर्छ। जसबाट मुलुकको समुन्नति हुनसक्छ। विश्वविद्यालयको सार्वजनिक चरित्र क्षय हुँदै गइरहेको छ। शिक्षालाई उच्च प्राथमिकता दिएर सबैको पहुँचमा गुणस्तरीय शिक्षा हुनुपर्छ।

३. स्वास्थ्यमा पहुँचः
स्वस्थ नागरिकले नै मुलुकमा योगदान गर्छ। चिकित्सा विषय अध्ययन महँगो भयो। चिकित्सा शिक्षाका लागि घरखेत बेच्नुपर्ने अवस्था हुनुहुँदैन। स्विडेनमा निजी मेडिकल कलेज नै सुनिँदैन। त्यसैले सरकारले सातवटै प्रदेशमा शिक्षण अस्पताल स्थापना गर्नुपर्छ। पोथीले चल्ला छोपे झैं सरकारले नै चिकित्सा शिक्षालाई छोप्नुपर्छ। औषधि, उपचारमा पनि गुणस्तर कायम हुनुपर्छ। सुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच हुनुपर्छ। 

४. व्यावसायिक कृषिः
कृषिको उत्पादकत्व बढाउनुपर्छ। कृषि बजार, शीत भण्डारमा ध्यान दिनुपर्छ। व्यवसायीकरणमा ध्यान दिनुपर्छ। आत्मनिर्भर र निर्यातमुखी उद्योगका रूपमा कृषिलाई रूपान्तरण गर्नुपर्छ। 

५. ग्रामीण पर्यटनः
मुलुकको समुन्नतिका लागि उच्च सम्भावना भएको क्षेत्र पर्यटन पनि हो। गुणस्तरीय पर्यटन सेवाको विकास र विस्तार हुनुपर्छ। सामाजिक र सांस्कृतिक विविधता छ। सुरक्षित, गुणस्तरीय र पर्यटनमैत्री केन्द्रका रूपमा विकास गर्नुपर्छ। जुन कार्य भुटानले गरिरहेको छ। भीड थुपार्नेभन्दा पनि खर्च गर्न सक्ने क्षमता भएका पर्यटकलाई आकर्षित गर्नुपर्छ। ग्रामीण  पर्यटनलाई जोड  दिनुपर्छ। 

६. लगानीमैत्री वातावरणः
बाहिरको लगानी ल्याउनुपर्छ। हाम्रो मात्र लगानीले पुग्दैन। कोरिया, ताइवान, सिंगापुर, थाइल्यान्ड लगायतका मुुलुकले बाहिरको लगानी आकर्षित गरेका छन्। बाह्य लगानीबाट मुलुकलाई अगाडि बढाएका हुन्। हामीले किन गर्न सकेनौं ? यो प्रश्न छ।  पढ्दै काम गर्दै गर्नेतर्फ युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ। त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्छ।  

७.सार्वजनिक संस्थाको अपनत्वः
सरकारी  अस्पताल, विद्यालय, विश्वविद्यालय लगायतका सार्वजनिक संस्थाहरूमा अपनत्व हुनुपर्छ। निजी स्कुलमा झै सार्वजनिक स्कुलमा पनि अपनत्व ल्याउनुपर्छ। बोर्ड अफ ट्रस्टिज हुनुपर्छ। अमेरिकाको हावर्ड युनिभर्सिटी लगायतमा बोर्ड अफ ट्रस्टिज छ। गुठियार अर्थात् बोर्ड अफ ट्रस्टिजबाट हुन्छ ? वा कसरी हुन्छ सार्वजनिक संस्थाहरूमा अपनत्व ल्याउनुपर्छ। 

८.संस्थाको सबलिकरणः
पछिल्लो समय अधिकांश संस्था (इन्स्टिच्युसन) कमजोर हुँदै गएको छ। राजनीतीकरण हावी भएको छ। संस्थाहरूमा योग्यताभन्दा पनि निकटता हेर्न थालिएको छ। राष्ट्रियताको बढावा दिने संस्थाहरू नै कमजोर भए मुलुकमा कसरी सम्मुनतिको खाका कोर्न सकिन्छ ? कर्मचारीतन्त्र, न्यायालय, विश्वविद्यालयलगायतका संस्थाहरू बलियो हुनुपर्छ। भारतको न्यायालय, ब्युरोक्रेसी हेरौं त। कति बलियो छन् ? त्यसैले यस्ता संस्थाहरूलाई बलियो बनाउनुपर्छ। कार्यरत जनशक्तिको मनोबल उच्च बनाउनुपर्छ। 

९.भ्रष्टाचारको अन्त्यः
मुलुकलाई समुन्नतिको बाधक नै भ्रष्टाचार हो। बिडम्बना, अहिले भ्रष्टाचार डरलाग्दो छ।

१०. आस जगाऔंः
स्वदेशमै केही गर्न सकिन्छ भन्ने आस जनतामा जगाउन सक्नुपर्छ।

(बौद्धिक विश्लेषक माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.