मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु
सुन्नुहोस्

झापा : झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्।
 
जयपुर-शनिश्चरे भित्री सडक खण्ड अन्तरगत बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकमा शनिबार दिउँसो शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे९प ७४८२ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँकी अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्की घाइते भएका थिए। घाइते कार्कीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका-७ बस्ने २४ वर्षीय रविन गड्तौला घाइते भएका छन्। उनको खुट्टा र दुवै हातमा चोट लागेर सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ। मोटरसाइकल र मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका-१० बस्ने २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.