२०२ केजी गाँजासहित वडाध्यक्ष पक्राउ
हेटौंडा : मकवानपुरको थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङ पक्राउ परेका छन्। प्रहरीले २०२ केजी गाँजासहित उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार वडा अध्यक्ष शिवराजसँगै भीमलाल थिङ र इन्द्रबहादुर थिङ पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा २७ केजी र इन्द्रबहादुरको घरबाट १० वटा बोरामा १७५ केजी लागूऔषध गाँजा फेला पारेको थियो।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !