वडाले ५ वर्षसम्म विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री दिने

वडाले ५ वर्षसम्म विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री दिने
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० ले ५ वर्षसम्म विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री दिने भएको छ। 

वडाध्यक्ष मनोज कुमार यादवले आफ्नो वडामा रहेका तीनवटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षसम्म निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्। 

यो घोषणासँगै यादवले मंगरबार तीनवटै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चालु शैक्षिक सत्रका लागि आवश्यक पर्ने कपी र कलम पनि वितरण गरेका छन्।   

यो वडाको लालपर्सामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, प्रसुतिपुरमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र मुस्लिम समुदायका बालबालिकाहरू पढ्ने इस्लामिया मदर्शा रहेका छन्। ती विद्यालयमा गरी १ हजार २ सय विद्यार्थी अध्ययनरत छन्  

तीन वटै विद्यालयमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सबै विद्यार्थीहरुलाई आफ्नो कार्यकालभरि वडा कार्यालयबाट निःशुल्क शैक्षिक सामग्री (कपी, कलम, स्कुल ब्याग इत्यादि) उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष यादवले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.