बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु, पाँच घाइते

बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु, पाँच घाइते
सुन्नुहोस्

तनहुँ : बन्दीपुरमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। 

मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका-१ बस्ने १२ वर्षीय आयुश भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती, ६९ वर्षीय सनबहादुर भुजेल रहेका छन्। तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए। 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ आधिखोला नजिकै ट्रक अनियन्त्रित भई पल्टिएर घरमा ठोकिएको थियो। 

डुम्रेबाट मुग्लिनतर्फ जादै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई राजमार्ग छेउ रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिन्न पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ८ जना घाइते भएका थिए। घाइते हुनेमा सोही ठाउँका ६ वर्षीया आयुशा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८  वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेल रहेका छन्। 

दुर्घटनापछि स्थानीयले चार घण्टा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गराएका थिए। अहिले प्रहरीले राजमार्ग खुलाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.