आगोले खोस्यो खुसी

आगोले खोस्यो खुसी
सुन्नुहोस्

इलाम : सन्दकपुर गाउँपालिका–३ सुलुबङका लुमणी पाठक (लोकु) को आँगनमा बिहीबार हुने जेठी छोरीको विवाहको चहलपहल थियो। बुधबारको मध्यान्नमा गाउँलेहरू विवाहको तयारीमा थिए। 

भट्टीचुल्होमा सेल रोटी पाक्दै थियो। ग्यास चुलोबाट सुरु भएको आगोले विवाहको तयारी मात्रै रोकेन, पाठक परिवारलाई छानोविहीनसमेत बनायो। पाठककी जेठी छोरी पुजाको विवाहको सम्पुर्ण तयारी पूरा भएको थियो। दुखेसो पोख्दै पाठकले भने, ‘कागजात भएको एउटा दराज बाहेक केही पनि रहेन।’

करिव २० मिनेटको आगोले सबै सकिएको स्थानीय देवेन्द्र सुवेदीले बताए। उनले भने, ‘तुरुन्त पुगेर प्रयास गर्दा पनि २० मिनेटमा सबै सकियो।’ 

आगलागिका क्रममा दुईवटा ग्यासको सिलिण्डर पड्किएको थियो। पहिलोमा आगो सुरु भएपछि पाठकले ग्यास तान्न प्रयास गरेको सुनाए। उनले भने, ‘सिलिण्डर निकालेर फाल्न खोजेँ सकिन, नजिक रहेका दुबै पड्किए।’

पाठकका अनुसार आगलागीको कारण घरमा रहेको सबै सामान खरानी भएपछि विवाह स्थगित भएको छ। उनले सुनाए, ‘केही बाँकी रहेन केले गर्नु विवाह।’ उनको तीन तले काठको घर जल्दा ४० लाखबढी क्षति भएको उनले बताए। पाठकले भने, ‘गाडी खेपेर कमाएको सबै सकियो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.